कार्यक्रमका विशिष्ट अतिथि राउतले व्यवसाय क्षेत्र अहिले निकै धरासायी अवस्थामा पुगेको बताए । उनले उमेर अनुसारको ऊर्जा सही क्षेत्रमा लगाउनुपर्नेमा जोड दिए । युवाहरुलाई आफ्नै देशमा काम गरेर अघि बढ्न प्रोत्साहित गर्नुपर्ने बताउँदै राउतले अग्रजले दिएको काम प्रतिको सम्मान आवश्यक रहेको उल्लेख गरे । उनले व्यवसाय र हरेक क्षेत्रमा आउने परिस्थितिसँग जुध्न सबै एक भएर लाग्नुपर्ने कुरामा जोड दिए ।प्रमुख अतिथि लामिछानेले युवाहरु मिलेर देशको बिकासमा अग्रसरता देखाउनु पर्ने बताए । उद्यम मञ्चले यस वर्ष गरेका कामहरु निकै उत्कृष्ट रहेको जनाए । उनले ‘मेड इन नेपाल’ कार्यक्रमलाई अघि बढाइरहेको र यसको असर सकारात्मक परिरहेको पनि बताए ।
कार्यक्रममा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली, उद्योग बाणिज्य संघ सुनसरीका अध्यक्ष बिजय श्रेष्ठ, मञ्चका झापा अध्यक्ष प्रवेश बस्नेत, बिराटनगरका अध्यक्ष राघब कोइराला,नेपाल् जेसिजका पुर्ब राष्ट्रिय अध्यक्ष महेस पौडेल लगायतको उपस्थिति रहेको थियो । देबकोटा अध्यक्ष रहेको कार्यसमितिको प्रथम उपाध्यक्षमा सिद्दार्थ श्रेष्ठ, द्वित्तीय उपाध्यक्ष राजीव घिमिरे, सदस्यहरु सिनेट रिजाल, अभिषेक बस्नेत, आकाश दुलाल, राकेश श्रेष्ठ, उत्सब थापा, जिसुन चापागाईं, निशान्त खेडिया चयन भएका छ्न । नवनिर्वाचित अध्यक्ष देवकोटाले यस बर्ष पर्यटनको बिकासका लागि सस्था मार्फत विशेष योगदान दिने,प्रदेश स्तरिय बास्केटबल प्रतियोगिताको आयोजना गर्ने लगायत अन्य धेरै कार्यहरु गर्ने प्रतिबद्धता जनाए ।
निवर्तमान अध्यक्ष सन्तोष आचार्यले बर्षभर गरेका कामका बारेमा चर्चा गरेका थिए । रोटरी युगलसँंगको सहकार्यमा आयोजित कार्यक्रममा १०६ पिण्ट रगत संकलन गरिएको जनाए । यस्तै संस्थाको वेबसाइट एवं सदस्यहरुको अनलाइन डाइरेक्ट्री निर्माण गरेको, प्राइभेट इक्विटी भेन्चर क्यापिटल सम्बन्धी लर्निंङ सेशन कार्यक्रम गरेको, इटहरी– विराटनगर आसपास रहेका संस्थाहरुलाई समावेश गरी कर्पोरेट फुटसल आयोजना गरेको उनले उल्लेख गरे ।
यसैगरी, नेशनल लिडरशिप कफ्रेन्स आयोजना गरेको, जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मा, इस्कन नेपालका प्रभु रुपेश्वर गौर दास, भारतका एक चर्चित इन्टरनेशनल मोटिभेसनल स्पीकर लगायत संस्थाको काठमाडौं एवं देशभर सातवटै प्रदेशमा छरिएर रहेका सदस्यहरुको बिशेष सहभागितामा बृहत कार्यक्रम आयोजना गरिएको पनि उनले जानकारी दिए ।
निबर्तमान अध्यक्ष आचार्यले ‘मेड इन नेपाल’ नारालाई प्रवर्द्धन गर्ने क्रममा बूढीगंगा गाउँंपालिकासँंग सहकार्यमा मेला आयोजना गरेको, इन्भेष्टमेन्ट सम्बन्धी अनलाइन लर्निङ सेसनको आयोजना, आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने क्रममा झापा र विराटनगर शाखाका सदस्यहरुलाई सम्मिलित गराई भोजपुर मुन्धुम ट्रेलमा होमस्टे सहितको ट्रेकिङ आयोजना गरेको उनले जानकारी दिएका थिए । संस्थापक अध्यक्ष सुदिप घिमिरेले युवा उद्यम मञ्चले युवा ब्यावसाहीको हक हितमा काम गर्दै आफ्नो परिचय स्थापित गर्दै आएको बताए । सस्थापक अध्यक्ष घिमिरे पश्चात् बिनोद पौडेल र कुमुद निरौला अध्यक्ष बनिसकेका छ्न ।

प्रतिक्रिया