बजेटमा उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिने

आइतबार, १० असार २०८०
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ। आजदेखि बैठकमा मन्त्रीहरूले  सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने छन् । आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ। विभिन्न संसद्ले यस कार्यालयको खर्च कटौती गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । जसअनुसार आज गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार