ब्राउन सुगरसहित ४ जना पक्राउ

सोमबार, ११ असार २०८०
विराटनगर । झापा र मोरङका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति मोरङको केराबारी गाउँपालिका ७ का ३२ वर्षीय युवराज कटवाललाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको हो । उनको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । यसैगरी झापाको भद्रपुर नगरपालिका ५ मेचीपुलबाट भारतमा नेपालतर्फ आउँदै गरेको मे १० प ३२८७ नम्बरको मोटरसाइकल जाँच गर्दा एक ग्राम ब्राउन सुगर फेला परेको थियो । प्रहरीका अनुसार मोटरसाइकल चालक भद्रपुर ८ का २६ वर्षीय मोहित साहलाई पक्राउ गरिएको छ । यस्तै, झापा गाउँपालिका ५ भित्री सडक खण्डबाट स्थानीय २४ वर्षीय बिशाल राजवंशी र १९ वर्षीय रोहन ढकाललाई २ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार