इलाम । इलामको माङ्सेबुङ ५ बाहलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेका छन् ।
समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पुर्ण रुपमा नियन्त्रणमा आएको छैन ।
स्थानीय पत्रकार सुमन लाओतीका अनुसार गएराती करिव दुई बजेबाट आगलागी भएको थियो ।
स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको छ । आगलागीबाट के कती क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन ।
रातको समय र आगलागी पुर्ण रुपमा नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ ।
आगलागी के कारणले भयो सम्मेत खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
प्रतिक्रिया