ट्रक र कार ठोक्किँदा बाबुछोरीको मृत्यु, ६ जना घाइते

मंगलबार, १२ असार २०८०
विराटनगर । झापाको शिवसताक्षी नगरपालिकामा मंगलबार ट्रक र कार ठोक्किँदा बाबुछोरीको मृत्यु भएको छ । दुर्घटनामा मोरङ उर्लाबारीका ४५ वर्षीय गुरुचन चौधरी र उनकी १८ वर्षीया छोरी कुमकुम चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ। झापाबाट पश्चिमी गन्तव्यका लागि गुडिरहेको ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिएको थियो । ठक्करपछि सिकिस्त घाइते भएका बाबु छोरीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । प्रहरीका अनुसार उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार