मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड अवरुद्ध

बुधबार, १३ असार २०८०
विराटनगर । मेची राजमार्गअन्तर्गत फिदिम–ताप्लेजुङ खण्ड अवरुद्ध भएको छ । गत असार ३ गतेको बाढीले हेवा खोलामा पुल बगाएपछि १० दिनपछि ह्युमपाइपबाट पानीलाई निकास दिइ मंगलबारदेखि सहज बनाइएको थियो । मंलबार रातिको बाढीका कारण खोलामा बढी उर्लिएपछि अस्थायी रुपमा बनाइएको डाइभर्सनको सतह पार गरेको थियो । त्यसपछि यातायात आवागमन बन्द भएको हो । खोलामा पानीको बहाव बढेर डाइभर्सन माथिबाट बग्न थालेपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार