विश्वकप २०२६ को फर्म्याटबारे फिफाले पुनर्विचार गर्ने

शुक्रबार, ०१ पुस २०७९
आगामी विश्वकपको प्रारुपमा समूह चरणपछि ४८ टिमबाट घटेर ३२ टिम रहन्छन् । त्यसपछि प्रतियोगितामा नकआउट चरण सुरु हुनेछ । विश्वकपका लागि बैकल्पिक फर्म्याटबारे फिफाको क्याविनेट र फिफा परिषदले अर्को वर्ष निर्णय गर्नेछ । फिफाका ग्लोबल फुटबल विकास प्रमुख आर्सेन विंगरका अनुसार आसन्न विश्वकपका लागि थप दुई प्रारुप तयार भएका छन् । पहिलो– चार टिम सम्मिलित १२ समूह बनाउने । समूहको शीर्ष २ र ८ वटा उत्कृष्ट तेस्रो टिमलाई नकआटउ चरणमा लैजाने । वा, दोस्रो– विश्वकपमा सहभागी टिमलाई २४/२४ का दरले छुट्टाछुट्टै प्रतिस्पर्धा गराउने । दुवैमा चार टिम राखेर ६ समूह बनाउने । दुवै स्पर्धाका विजेताबीच फाइनल खेलाउने । कतार विश्वकपको समूह चरणमा रोमाञ्चक, नाटकीय र आश्चर्यजनक नतिजा देखिएसँगै यी दुई प्रस्तावहरु अघिल्लोको तुलनामा बढी व्यावहारिक देखिन्छन् । तर, यसको मतलव विश्वकपमा खेलको संख्या निकै बढी हुनेछ । कतार विश्वकपमा ३२ टिम सहभागी हुँदा ६४ खेल २९ दिनमा सम्पन्न गर्न सकिन्थ्यो । फिफाले पहिलो प्रस्तावअनुसार ८० खेल ३२ दिनमा सम्पन्न गर्न सकिने बताइएको थियो । चार टिम सम्मिलित समूह चरण हुँदा विश्वकपमा कुल १०४ खेल हुनेछन् । यसका लागि अहिलेकोभन्दा कम्तिमा एक साता समय बढाउनुपर्ने हुन्छ । विश्वकपको टेलिभिजन प्रशारण अधिकार बेचेर फिफाले हरेक संस्करणमा मनग्ये आम्दानी गर्दै आएको छ । धेरै खेल हुँदा उसको आर्थिक उपार्जनको दृष्टिमा फाइदा हुनेछ । विश्वकप प्रशारण अधिकारको आम्दानीले फिफाले ९० प्रतिशत अर्थव्यवस्था धानिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार