हिजो स्थगित कोशी प्रदेशसभा बैठक आज बस्ने

शुक्रबार, १५ असार २०८०
विराटनगर । कोशी प्रदेशसभाको हिजो स्थगित गरिएको बैठक आज शुक्रबार ११ बजे बस्ने भएको छ । सभामुख बाबुराम गौतमले शुक्रबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । साढे ५ बजे आधा घण्टाका लागि स्थगित भएको बैठक निर्धारित समयमा मुख्यमन्त्री तथा मन्त्रीहरु नआएपछि राती ८ बजे बोलाइएको थियो । ८ बजेको बैठकमा पनि साढे ९ बजेसम्म मुख्यमन्त्री र मन्त्रीहरु अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । विश्वासको मतबारे छलफलमा उठेका प्रश्नको जवाफ दिने तयारी गर्न समय अपुग भएको भन्दै बैठक सार्न मुख्यमन्त्री कार्कीले माग गरेका थिए । त्यसअघि मुख्यमन्त्री कार्की यसअघि प्रदेशसभामा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै प्रदेशसभाबाट बाहिरिएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार