विराटनगर । कोशी प्रदेशभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक सुरु भएको हो ।
मुख्यमन्त्री कार्कीले हिजो बिहीबाकर विश्वासको मत लिने तयारी थियो । तर अन्तिममा बैठक स्थगित गरी आजका लागि बोलाइएको हो ।
आजको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्तावमा दलहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् ।
केह िसमयपछि विश्वासको मतको पक्ष र विपक्षमा मत विभाजन गरिने छ।
नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री र्काीीले आज विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री कार्कीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने निर्णय गरेको छ ।
राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहनेछ ।
कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसदको समर्थन चाहिन्छ ।
जनता समाजवादी पार्टी (जसपा) ले विश्वासको मतमा हुने मत विभाजनमा तटस्थ बस्ने बताइसकेको छ । प्रदेशसभामा उसको एकजना सांसद छिन् ।
कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली काँग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका र जसपाको १ जना सांसद छन् ।
प्रतिक्रिया