प्रदेशसभाको बैठकमा जसपा अनुपस्थित

शुक्रबार, १५ असार २०८०
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्ताव गरेको विश्वासको मतमा मतदान हुने दिन जसपा अनुपस्थित भएको हो । मुख्यमन्त्रीले बिहीबारै विश्वासको मत लिने कार्यसूची थियो । नेकपा (एमाले) ले सदनमा विश्वासको मत माग्ने क्रममा अर्थ मन्त्रालय लगायतका विविध विषयमा कुरा उठेको थियो । त्यसैको तयारीका लागि भन्दै शुक्रबार विश्वासको मत लिने माग गरेपछि बैठक स्थगित भएको थियो । सभामुख बाबुराम गौतमले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा उठेका विषयमा जवाफ दिन मुख्यमन्त्रीलाई समय दिएका छन् । मुख्यमन्त्रीले जवाफ दिने क्रम जारी छ । उनले जवाफ दिइसकेपछि मत विभाजन हुनेछ । निर्णायक मत रहेको जसपाकी प्रदेशसभा सदस्य निर्मला लिम्बू बैठकमा अनुपस्थित भएकी छिन् । ९३ सदस्यीय प्रदेशभामा लिम्बू जसपाकी एक्ली सांसद हुन् । बिहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक १ घण्टा ढिलो गरी १२ बजे सुरु भएको हो । बैठकको प्रारम्भमै सभामुख बाबुराम गौतमले मुख्यमन्त्रीलाई जवाफका लागि समय उपलब्ध गराएका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार