विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएका छन् ।
विश्वासको मत माग्दै प्रदेशसभामा मुख्यमन्त्री कार्कीले पेस गरेको प्रस्ताव फेल भएको हो ।
मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ४६ मत प्राप्त भएको छ । विपक्षमा ४३ मत खसेको सभामुख बाबुराम गौतमले बताए । सांसद ८९ जना उपस्थित थिए । यो प्रक्रियामा सहभागी नहुने निर्णय गरेको जसपा बैठकमा अनुपस्थित रहयो ।
मुख्यमन्त्री कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत जाहेर गरेका छन् । विपक्षमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यको मत परेको हो ।
विश्वासको मतको प्रयोजनका लागि बिहीबार प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरिएको थियो ।
सदनमा छलफल भएपछि सभामुखले बिहीबार साँझ ५ः२० बजेतिर ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
त्यसपछि प्रदेशसभाबाट निस्किएका मुख्यमन्त्री र मन्त्रीहरु फर्किएनन् । बैठक शुक्रबारका लागि सारिएको थियो ।
प्रतिक्रिया