कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी सुरू

शुक्रबार, १५ असार २०८०
विराटनगर । नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि तयारी थालिएको छ । शुक्रबार प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार फेरिने भएको हो । प्रदेशसभा सचिवालयले कार्कीले विश्वासको मत पाउन नसकेको पत्र प्रदेश प्रमुखको कार्यालयलाई पठाएपछि अब नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । सचिवालयले मुख्यमन्त्री कार्कीले प्रदेशसभाको विश्वास गुमाएको पत्र प्रदेश प्रमुखलाई पठाएको हो । मुख्यमन्त्री कार्कीले मागेको विश्वासको मतका पक्षमा ४६ मत मात्रै परेको थियो । विपक्षमा ४३ मत खस्यो । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमत पु¥याउन ४७ मत चाहिन्छ । मतदान प्रक्रियामा ८९ जना प्रदेशसभा सदस्य मात्रै उपस्थित थिए । प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यका अनुसार मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वास गुमाएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको जानकारी दिए । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले उक्त प्राप्त भइसकेको र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले छलफल एवं परामर्श गरिरहेको बताए । छलफलपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार