साउदेन वंशावली सार्वजनिक

शुक्रबार, १५ असार २०८०
झापा । किराँत सभ्यता भित्रको थाक्थाकु माबोहाङ साउदेन वंशावली सार्वजनिक गरिएको छ । साउदेन वंश कल्याण समाज केन्द्रीय समितिले आज झापाको बिर्तामोडमा कार्यक्रमको आयोजना गर्दै वंशावली सार्वजनिक गरेको हो । वंशावलीको विमोचन आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले सार्वजनिक गरेका थिए । कार्यक्रममा साउदेन वंश कल्याण समाजका ज्येष्ठ सदस्य देउप्रसाद खाउदेनको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा जातीय पहिचान झल्कने च्याभ्रुङ नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा किरात याक्थुम चुम्लुङका झापा अध्यक्ष तथा लिम्बू भाषाविद शेशेहाङ फियाक, किरात राई यायोख्या झापा जिल्ला अध्यक्ष गणेश राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार