भारतको महाराष्ट्रमा बसमा आगलागी, २५ जनाको मृत्यु

शनिबार, १६ असार २०८०
काठमाडौं । भारतको नागपुरबाट पुणेतर्फ गइरहेको बसमा  आगलागी हुँदा २५ यात्रुको मृत्यु भएको छ । शनिबार बिहान मुम्बई–नागपुर एक्सप्रेस वे (समृद्धि राजमार्ग) मा उक्त दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बसमा एक्कासी भीषण आगलागी हुँदा अधिकांश यात्रुले बाहिर निस्कने मौकै नपाएको र ठूलो संख्यामा हताहती भएको अधिकारीहरुले जनाएका छन् । महाराष्ट्र प्रहरीकाअनुसार हालसम्म उक्त दुर्घटनामा परी २५ जनाले ज्यान गुमाएका छन् । बसमा ३३ यात्रु सवार रहेको जनाइएको छ । निन्द्रामा रहेका कारण धेरैजसो यात्रीको मृत्यु भएको हो । ८ जना बसको झ्यालको सिसा फुटाएर उनीहरु बाहिर निस्कन सफल भएका थिए । उक्त बसको टायर पड्किएपछि सडक किनारको खम्बामा ठोक्किएर डिभाइडरमाथि पर्दा बस पल्टिएको थियो । त्यस क्रममा बसको डिजेल ट्यांकी फुटेको र एक्कासी आगोले टिपेको जनाइएको छ । दुर्घटनालगत्तै आगोको चपेटामा परेका कारण उद्धार गर्न नसकिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार