प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी हुनुपर्ने बताएका छन् । स्थानीय तहको काम कारबाही पारदर्शी भएमात्र माथिल्लो तहमा पनि सुधार हुदै जाने देउवाको धारणा थियो ।
ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सर्वसाधारणको नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रति नै बढी जिम्मेवार, परिणाममुखी र जवाफदेही हुनुपर्ने बताएका हुन् ।
‘नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र सेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ’ देउवाले भने, ‘नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी, परिणाममुखी र नागरिक जवाफदेही हुनुपर्छ ।’
प्रतिक्रिया