पून प्रधानमन्त्रीका लागि आन्तिरिक छलफलमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनका तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न अनुरोध गरेका हुन् ।
अध्यक्ष प्रचण्डले गठबन्धनकै सहयोगमा प्रधानमन्त्री भएर निर्वाचन सम्पन्न गराएको र गठबन्धन नेतृत्व सरकारको कार्यकाल सफल रहेको भन्दै अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।
विभिन्न औपचारिक मञ्चहरूमा प्रधानमन्त्रीमा आफ्नो दावी रहेको बताउदै आएका प्रचण्डले पहिलो पटक प्रधानमन्त्रीमा सहयोग गर्न देउवालाई अनुरोध गरेका हुन् । आजको भेटमा भने प्रधानमन्त्री समक्ष प्रस्ताव नै राखेको बताइएको छ । जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनमा यो विषयमा छलफल गर्ने भनि जवाफ दिएको स्रोतले जनाएको छ । ‘गठबन्धनमा जे सहमति हुन्छ त्यो अनुसार अगाडि बढ्न आफू तयार रहेको धारणा प्रधानमन्त्री देउवाले राख्नुभयो’ स्रोतले भन्यो ।
यता प्रधानमन्त्री देउवा पनि अगामी सरकारको नेतृत्व आफूले नै गर्ने तयारीका साथ आन्तरिक छलफलमा छन् । नेपाली कांग्रेसकै शेखर कोइराला,रामचन्द्र पौडेल, गगन थापा समेत प्रधानमन्त्री बन्नकै लागि संसदिय दलको नेता बन्ने रस्साकस्सीमा लागिरहेका छन् ।
प्रतिक्रिया