कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजालाई राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको बताएका छन् ।
आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शाहलाई राजनीतिमा आउने बाटो खुल्ला रहेको बताएका हुन् । तर त्यसका लागि शाह स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्रीले भने,‘म उहाँलाई सुझाव दिन चाहन्छु, राजनीतिमा आउने भए स्वागत छ । तर, के कुरामा साथ माग्नुभएको बुझिएन’।
प्रधानमन्त्रीले शाहले आफूलाई साथ दिन भन्दै दिएको अभिव्यक्ति सुनेर छक्क परेको टिप्पणी गरे ।
‘फागुन ७ गतेको लागि पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो’, उनले भने, ‘उहाँले संविधानको कुरा गर्नुहुन्न, कानुनको पनि गर्नुहुन्न, लोकतन्त्र, प्रणाली र प्रक्रियाको पनि कुरा गर्नुहुन्न । मलाई साथ दिनुहोस् म आउँछु देश बचाउँछु भन्नुहुन्छ । देश के भएको छ ?’ ।
उनले मुलुकमा फेरि अस्थिरता जन्माउने खेल भएकाले प्रमुख राजनीतिक दलका नेतालाई प्रतिगमनतिर देशलाई जान नदिएर एकै आवाजमा उभिएकामा धन्यवाद व्यक्त गरे ।
प्रतिक्रिया