फिदिम : पाँचथर जिल्लाका विभिन्न स्थानमा तीनपाङ्ग्रे साधन (अटो) चलाएर नागरिकको आवागमनमा सहजिकरण गर्दै आएका चार जना महिलालाई सम्मान गरिएको छ ।
आइतबार फिदिममा आयोजित एक कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।
अन्तरपार्टी महिला सञ्जाल पाँचथरले एक सय १५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर आयोजना गरेको कार्यक्रममा करुवा र कदर पत्रमार्फत सम्मान गरिएको हो।
सम्मानित भएका अटोचालकहरूमा फालेलुङकी गीता केरुङ र हिलिहाङकी सुस्मिता शेर्पा, फिदिमका सोनु तुम्बापो र प्रेमकुमारी आले छन् ।
सम्मान गरिएकी केरुङ जिल्लाकै पहिलो अटो चालक महिलाका रूपमा पहिचान बनाएकी छन् ।
अटो चालक दिदीबहिनीलाई कार्यक्रमकी प्रमूख अतिथि कोशी प्रदेशसभा सदस्य मैया श्रेष्ठ लावती, पूर्व सांसद सीता थेवे, अन्तर पार्टी महिला सञ्जाल पाँचथरकी अध्यक्ष मीना रिजाल केरुङ, उपाध्यक्ष गीता घिमिरे, सचिव सानुमाया थापा मगर र महिला नेत्री मधु केरुङ लगायतले सामुहिक रूपमा सम्मान गरेका थिए ।
महिलाको श्रम र मिहिनेतको प्रशंशासहित उनीहरूलाई सम्मान गरिएको बताइएको छ ।
प्रतिक्रिया