विराटनगर । विराटनगरको मिलन चोकमा आज दिउँसो एक टिपरमा आगलागी भएको छ। आगलागीको कारण खुलेको छैन, तर प्रारम्भिक अनुमान अनुसार तार सर्टले आगो लागेको हुनसक्ने प्रहरीको भनाइ छ। दिउँसो २ः३० बजेतिर टिपरको अगाडिको भागमा अचानक आगो लागेको हो।
प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको टिपर विराटचोकबाट सुनसरीको बर्जु जाँदै थियो भने इनरुवा नगरपालिका–३ का ३० वर्षीय चालक साजन सरदारले चलाउँदै थिए।
दमकलको मद्दतले आगो नियन्त्रणमा लिइएको छ । आगालागिबाट टिपरको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।
चालक साजन सरदार सकुशल छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रतिक्रिया