'काँटा लगा गर्ल' बारे निधनको हल्ला: अफवाह कि वास्तविकता?

शनिबार, १४ असार २०८२

मुम्बई : चर्चित भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको निधन भएको दाबी भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।

'काँटा लगा गर्ल' भनेर चिनिने ४२ वर्षीया शेफालीको मृत्यु मुम्बईको अन्धेरस्थित घरमा भएको बताइएको छ।

विरल बयानी र विक्की लालवानीजस्ता स्रोतहरूले सामाजिक सञ्जालमा लेखेका अनुसार राति ११ बजेतिर छाती दुख्ने गुनासो गरेपछि उनका श्रीमान् पराग त्यागी र अन्य साथीहरूले शेफालीलाई बेल्लेभ्यू मल्टिस्पेशलिटी अस्पताल लगेका थिए। तर, अस्पताल पुग्नु अघि नै उनलाई मृत घोषित गरिएको दाबी गरिएको छ।

यद्यपि अस्पताल प्रशासनको तर्फबाट पूर्ण रूपमा आधिकारिक पुष्टि भने भइसकेको छैन। अस्पतालका डा.लुलाले बिरामीको विवरण नदिने बताउँदै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

अर्का चिकित्सक डा.सुशान्तले भने शवलाई पोस्टमार्टमका लागि कपूर अस्पताल पठाउने तयारी भइरहेको जनाएका छन्।

शेफाली जरीवालाले 'काँटा लगा' गीतमार्फत अत्यधिक चर्चा पाएकी थिइन्। साथै,उनले अक्षय कुमार र सलमान खानसँग 'मुझसे शाली करोगी' फिल्ममा समेत अभिनय गरेकी थिइन्। टेलिभिजन र रियालिटी शोमार्फत पनि उनको पहिचान बलियो बनेको थियो।

हालसम्म शेफालीको परिवार वा उनका आधिकारिक प्रतिनिधिबाट निधनको पुष्टि वा खण्डन भएको छैन। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार