श्रीमतीलाई आँखा लगाएको भन्दै बन्चरोले हानेर भाइको हत्या

शुक्रबार, १३ असार २०८२

बुटवल । आफ्नो श्रीमतीलाई सहोदर भाइले आँखा लगाएको भन्दै अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं ६ पाखा पानीमा दाजुले आफ्नै सहोदर भाइको हत्या गरेका छन् ।

पाखा पानीका ४२ वर्षीय विष्णु नामले चिनिने टेकबहादुर वादीले ३२ वर्षीय कान्छा भाइ ओमबहादुर वादीको बन्चरो प्रहार गरेर हत्या गरेको स्थानीयले जनाएका छन् ।

ओमबहादुरको बिहे भएको थिएन । बुवा आमा बितिसकेको र तीन दाजुभाइमध्ये जेठो दाइ अपाङ्ग रहेका छन् । माइलो रहेका टेकबहादुरले कान्छा भाइ ओमबहादुरको हत्या गरेका हुन् ।

टेकबहादुरका श्रीमती र छोराछोरी छन् । स्थानीयका अनुसार बिहीबार साढे ५ बजेतिर यो घटना भएको हो । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार