काठमाडौँ : गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ ।
परीक्षा लगत्तै शिक्षकहरुको लामो आन्दोलनका बाबजुद राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सकिएको तीन महिनाभित्रै नतिजा सार्वजनिक गरेको हो ।
भक्तपुरस्थित कार्यालयमा बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णय गरेलगत्तै पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरिएको हो ।
२०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । यो वर्षको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
नतिजा यसरी हेर्न सकिन्छ :
प्रतिक्रिया