काठमाडौँ । शिक्षक आन्दोलनमा समर्थन जनाउन पुगेका पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल शिक्षकहरूको नाराबाजीका कारण भाषण नगरी फर्किएका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र सम्मानित नेता खनालले समर्थनमा बोल्ने योजना बनाएका थिए, तर शिक्षकहरूले राजनीति नगर्न भन्दै नाराबाजी गरेपछि उनीहरू अपमानित हुँदै फर्किन बाध्य भए ।
शिक्षकहरूले ‘नेता यहाँ नआउ, संसदमा बोल’ भन्दै नारा लगाएका थिए । साथै, ‘पञ्चायती ऐन खारेज गर, शिक्षा ऐन जारी गर’ जस्ता नारा पनि लगाए । प्रहरीले उनीहरूलाई स्कर्टिङ गरेर गाडीसम्म पुर्याएको थियो ।
प्रतिक्रिया