एसईई नतिजामा सुधार : प्रधानमन्त्री ओलीद्वारा विद्यार्थीलाई बधाई

शुक्रबार, १३ असार २०८२

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ग्रेड प्राप्त गर्न सफल भएका विद्यार्थीहरूलाई बधाई दिएका छन्।

शुक्रबार राति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री ओलीले अघिल्लो वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेखनीय सुधार देखिएको बताएका छन्।

“यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुभएको छ,” ओलीले लेखेका छन्, “गत वर्ष ४७।८६५ प्रतिशतले मात्र ग्रेड प्राप्त गर्नुभएको थियो भने ५२।१४ प्रतिशत परीक्षार्थी नन(ग्रेडमा रहनु परेको थियो। बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ।”

प्रधानमन्त्री ओलीले ग्रेड नपाउने विद्यार्थीप्रति पनि सन्देश दिँदै यसलाई अन्तिम परीक्षा नठान्न आग्रह गरेका छन्। 

May be an image of 2 people and text

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार