आज देशका यी स्थानमा वर्षा र हावाहुरीको सम्भावना

सोमबार, १५ बैशाख २०८२

काठमाडौं : आज देशभर पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव देखिदा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज बागमती प्रदेशका केही स्थानहरू तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा र बाँकी भू-भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेको महाशाखाले बताएको छ। 

मौसममा आएको परिवर्तनले कृषि, जनजीवन, सडक र हवाई यातायातमा असर पुर्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

आज देशका विभिन्न प्रदेश र सहरहरूको मौसम विवरण हेर्दा काठमाडौंमा बिहान ५:२३ बजे सूर्योदय र साँझ ६:४५ बजे सूर्यास्त हुनेछ। यहाँ न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस छ। 

कोशी प्रदेशको विराटनगरमा बिहान ५:१५ बजे सूर्योदय र साँझ ६:३९ बजे सूर्यास्त हुनेछ भने न्यूनतम तापक्रम २० डिग्री र अधिकतम तापक्रम ३० डिग्री मापन गरिएको छ। 

मधेस प्रदेशको जनकपुरमा सूर्योदय बिहान ५:१८ बजे र सूर्यास्त साँझ ६:४२ बजे रहेको छ, जहाँ न्यूनतम तापक्रम २२ डिग्री र अधिकतम तापक्रम ३२ डिग्री रहेको छ। बागमती प्रदेशको हेटौंडामा सूर्योदय बिहान ५:२२ बजे र सूर्यास्त साँझ ६:४४ बजे भएको छ भने न्यूनतम तापक्रम १९ डिग्री र अधिकतम तापक्रम २९ डिग्री रहेको छ। 

गण्डकी प्रदेशको पोखरामा बिहान ५:२७ बजे सूर्योदय र साँझ ६:४८ बजे सूर्यास्त हुनेछ, जहाँ न्यूनतम तापक्रम १७ डिग्री र अधिकतम तापक्रम २७ डिग्री मापन गरिएको छ। लुम्बिनी प्रदेशको भैरहवामा सूर्योदय बिहान ५:२५ बजे र सूर्यास्त साँझ ६:४७ बजेहुनेछ भने न्यूनतम तापक्रम २२ डिग्री र अधिकतम तापक्रम ३३ डिग्री रहेको छ। 

कर्णाली प्रदेशको सुर्खेतमा सूर्योदय बिहान ५:३० बजे र सूर्यास्त साँझ ६:५० बजे हुनेछ, यहाँ न्यूनतम तापक्रम १८ डिग्री र अधिकतम तापक्रम ३० डिग्री मापन गरिएको छ। सुदूरपश्चिम प्रदेशको धनगढीमा बिहान ५:३४ बजे सूर्योदय र साँझ ६:५३ बजे सूर्यास्त हुनेछ भने न्यूनतम तापक्रम २१ डिग्री र अधिकतम तापक्रम ३४ डिग्री पुगेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार