उद्धव थापा : नेविसंघ कार्यकर्तादेखि मुख्यमन्त्रीसम्म

विहीबार, २१ असार २०८०
विराटनगर नेपाल विद्यार्थी संघको कार्यकर्ताका रुपमा राजनीतिमा प्रवेश गरी पार्टीको विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएर पछिल्लो पटक प्रदेश समिति सभापति रहेका उद्धव थापा कोशी प्रदेशको पाचौँ मुख्यमन्त्री बनेका छन् माओवादी केन्द्र जनता समाजवादी पार्टीले साथ छाड्दा एमाले नेतृत्वको सरकारले विश्वासको मत गुमाएपछि हिक्मतकुमार कार्की सरकारबाट बाहिरिने अवस्था आएको हो सत्तारुढ गठबन्धनको साथ समर्थनमा कोशी प्रदेशको पाचौँ मुख्यमन्त्रीका रुपमा मौका पाएका थापा पार्टीमा कुशल संगठक सबैलाई समेट्नुपर्छ भन्ने भावना भएका नेता मानिन्छन् २०३४ सालतिर काठमाडौंको शंकरदेव क्याम्पसबाट नेविसंघ इकाईमार्फत् राजनैतिक जीवन सुरु गरेका थापा प्रदेश समिति सभापति हुँदै कोशी प्रदेशको मुख्य मन्त्रीको जिम्मेवारीमा आएका छन् २०३५ सालको जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्व बहुदलीय ब्यवस्था स्थापनका लागि प्रचार अभियानमा सक्रिय थापा त्यसताका वीपी कोइरालाको सुरक्षा दस्तामा समेत थिए २०४६ सालमा पञ्चायती व्यवस्था विरुद्वको आन्दोलनमा लागेका थापाले प्रजातन्त्र पुनस्थापनापछि नेपाली काँग्रेस झापा, अर्जुनधारा गाउँसमितिको सचिव सभापतिको एकएक कार्यकाल जिम्मेवारी सम्हालेका थिए त्यसपछि झापा नं क्षेत्रको क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका थापाले दुई पटक संसदीय निर्वाचनका लागि उम्मेदवार पनि बनेका थिए २०६१ माग १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले शाही शासन सत्ता हातमा लिएपछि राजाको प्रजातन्त्र अपहरण गर्नें कार्यको कडा रुपमा विरोध जनाउँदै आन्दोलनमा होमिएका थिए आन्दोलनमा सक्रिय भएर लाग्दा तत्कालीन शाही नेपाली सेनाको मातहातमा रहेको युनिफाइड कमाण्डले पक्राउ गरेर थापालाई झापाको चारआलीस्थित सैनिक व्यारेकमा सैन्य हिरासतमा राखिएको थियो वाणिज्यशास्त्रमा स्नातक गरेका थापाले झापामा संगठनलाई विस्तारका लागि महत्वपूर्ण काम गरेका थिए

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार