सवारी साधनको ठक्करले महिलाको मृत्यु

आइतबार, २४ असार २०८०
विराटनगर । सुनसरीको रामधुनी १ मा सवारी साधनको ठक्करले एकजना महिलाको मृत्यु भएको छ । रामधुनी १ मिलन पेट्रोल पम्प अगाडि सवारी साधनले ठक्कर दिएर मृत्यु भएको अवस्थामा अन्दाजी ३५ वर्षकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पहिचान हुन सकेको छैन । ठक्कर दिने सवारी साधनको पनि पहिचान हुन सकेको छैन । खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार