विराटनगर । कोशी प्रदेश सरकारमा तीनजना मन्त्री थपिएका छन् । उनीहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रका जीवन आचार्य, राजेन्द्र कार्की तथा काङ्ग्रेसबाट रामकुमार खत्रीलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । दुईजना हाल बिना विभागीय मन्त्रीका रुपमा छन् ।
तीनजना थपिएसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ६ सदस्सीय बनेको छ । यसअघि मुख्यमन्त्री थापाले कांग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा एसबाट कमल जबेगु मन्त्री बनाएका थिए ।
प्रतिक्रिया