कोशी सरकारबारेको रिटमा आज सुनुवाइ भएन

आइतबार, २४ असार २०८०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज आइतबार सुनुवाइ नहुने भएको छ । रिटको पेशी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको भए पनि आज ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार रिटको पेशी आजलाई तोकिए पनि न्यायाधीश भट्टराई अर्को इजलासमा व्यस्त भएपछि हेर्न नभ्याइने सूचीमा राखिएको हो । कोशीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा (एमाले) ले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो । एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले रिट दिएका थिए । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार मुख्यमन्त्री नियुक्त गरेका थिए । सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमालेले सर्वोच्चमा रिट दिएको हो । रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङग, मुख्यमन्त्री थापा,सभामुख गौतमलाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार