विराटनगर । मोरङको बेलबारीमा निर्माणाधीन घरको दोस्रो तलाबाट खसेर आइतबार एकजना मजदुरको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बेलबारी नगरपालिका–२ लालभित्तीका माधव ओझाको घर निर्माणमा खटिएका भोजपुर छिनामखुका ३५ वर्षीय ज्ञानेन्द्र बस्नेतको मृत्यु भएको हो ।
दिउँसो ४ः३० बजेतिर सेटिङको काम गर्दै गरेको अवस्थामा दोस्रो तलाबाट खसेर बस्नेत घाइते भएका थिए । उपचारका लागि नोबेल शिक्षण अस्पताल ल्याइएको थियो ।
अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।
प्रतिक्रिया