अविरल वर्षाका कारण पाकिस्तानमा हालसम्म कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) लाई उद्धृत गर्दै एआरवाईले आफ्नो रिपोर्टमा विगत २४ घण्टामा भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएको बताएको छ। हालसम्म मारिएका ७६ जनामा १५ महिला र ३१ बालबालिका रहेका छन्। वर्षाका कारण ७८ घरमा क्षति पुगेको छ।
भारी वर्षा र बाढीको प्रभाव पञ्जाब प्रान्तमा सबैभन्दा बढी छ, जहाँ ४८ जनाको मृत्यु भएको छ। खैबर पख्तुनख्वामा २० र बलुचिस्तानमा ५ जनाको मृत्यु भएको छ। जुलाई ६ मा मात्रै पञ्जाब प्रान्तमा १८ जनाको मृत्यु भएको थियो।
पाकिस्तानको मौसम विभागले जुलाई ३ देखि ८ सम्म देशमा पहिलो मनसुन वर्षा हुने भविष्यवाणी गरेको थियो। वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तल्लो क्षेत्रमा बाढी आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिक्रिया