मोरङको सुन्दरहरैँचामा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
अन्य दुईजना मतियारलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका ४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा ६ का २१ वर्षीय प्रताप तामाङ रहेका छन् ।
सुन्दरहरैँचा ३ र ५ घर भएका २ जना बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुवै बालिका १४ वर्षका छन् ।
विद्यालय जान भनेर पुस १ गते शुक्रबार घरबाट हिँडेका बालिकालाई ललाईफकाई होटलमा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सुन्दरहरैँचा ७ बेलगाछीमा रहेको होटल दरबार इन, रेस्टुरेन्ट एन्ड लजको दोस्रो तलाको अलगअलग कोठामा रातभर राखेर बालिकालाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया