ट्विटर लोगोको चरा हटाएर ‘एक्स’

सोमबार, ०८ साउन २०८०
काठमाडौं । चैत अन्तिम सातातिर ट्विटरको लोगोमा निलो चराको ठाउँमा ३ दिनसम्म कुकुर राखेका ट्विटरका मालिक इलन मस्कले यसपटक चरा हटाएर ‘एक्स’ राखेका छन् । सोमबार विहानै ट्विटर मालिक मस्कले आधिकारिक रूपमै लोगोबाट ‘आइकनिक ब्लु-बर्ड’ हटाएर ‘ब्ल्याक एण्डह्वाइट एक्स’ प्रतिस्थापन गरेका छन् । ‘एक्स’ सहितको नयाँलोगो ट्विटरको एप र वेबभर्जनमा देखिएको छ भने  ट्विटरको आधिकारिक ‘ट्विटर ह्याण्डल’ को नाम पनि ‘एक्स’ मा रूपान्तरण गरिएको छ । यसका साथै ट्विटर मुख्यालयमा पनि नयाँ लोगो प्रदर्शन गरिएको छ । मस्कले यस अघि नै आफूले ट्विटरलाई बदलेर ‘एक्स- द एभ्रिथिङ एप’ बनाउन चाहेको बताएका थिए । अहिले एक्स डटकम भिजिट गर्दा पनि ट्विटर खुल्ने भएको छ । नयाँ ब्राण्डिङसँगै मस्कले ट्विटर प्लेटफर्ममा धेरै परिवर्तन गर्ने आकलन गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार