जसपाका सांसदहरूले मातृभाषामा शपथ लिने

मंगलबार, ०५ पुस २०७९
जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभातर्फका सांसदहरूले मातृभाषामा शपथ लिने भएका छन् । जसअनुसार सांसद अशोक कुमार राईले किराँत राई बान्तवा भाषामा, रामसहायप्रसाद यादव र प्रदीप यादवले भोजपुरी, रञ्जु ठाकुरले मैथीली भाषामा शपथ लिने छन् । यस्तै राजकिशोर यादव, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की, रेखा यादवले नेपाली भाषामा शपथ लिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार