उपचार गराउन काठमाडौँ पुगेका नगरवासीलाई अस्पतालमै पुगेर नगर प्रमुख रमेश कार्कीले सहयोग गरेका छन् ।
आँखाको शल्यकिया गर्ने काठमाडौँस्थित तिलगंगा आखा अस्पताल पुगेका बराहक्षेत्र १ का बगुबाका कर्णबहादुर राईलाई नगर प्रमुख कार्की र उपप्रमुख नन्दकुमारी राईले आवश्यक सहजीकरण र आर्थिक सहयोग गरेका हुन् ।
नगर प्रमुख कार्की र उपप्रमुख सुनुवार नगरपालिका संघको कार्यक्रममा सहभागीता जनाउन काठमाडौँ पुगेका थिए ।
आर्थिक रूपले समस्या भएको थाहा पाएपछि नगर प्रमुख अस्पतालै पुगेर बिरामीसंग भेटघाट गरेको नगर प्रमुखका स्वकीय सचिव महेश घिमिरे (सुरज) ले जानकारी दिए ।
घिमिरेका अनुसार नगरपालिका संघको कार्यक्रममा सहभागीता जनाउन काठमाडौँ पुगेका नगर प्रमुख र उपप्रमुखले बराहक्षेत्रको समृद्धि र विकासका लागि मन्त्रालय र विभागमा पुगेर विभिन्न योजनाका लागि बजेटको माग गर्ने योजना समेत रहेको छ ।
प्रतिक्रिया