अफ्रिकी देश नाइजरमा सैनिक ‘कू’

विहीबार, ११ साउन २०८०
काठमाडौं । पश्चिम अफ्रिकी देश नाइजरमा सैनिकको एक समूहले सत्ता कब्जा गरेको घोषणा गरेको छ । राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै उक्त समूहले राष्ट्रपतिलाई अपदस्थ गरिएको, संविधान भंग गरिएको र देशका सबै संस्थाहरु निलम्बित गरिएको घोषणा गरेको छ । देशभर कर्फ्यू लगाइएको छ भने हवाई तथा स्थल सीमा बन्द गरिएको छ । सेनाका कर्नल मेजर अमादु अब्द्रामेनले टेलिभिजनमार्फत लिखित वक्तव्य पढ्दै खस्कँदो सुरक्षा अवस्था र कुशासनका कारण वर्तमान सत्तालाई अन्त्य गरिएको घोषणा गरेका हुन् । अब्द्रामेनले कुर्सीमा बसेर सम्बोधन गरेका थिए भने सैन्य पोशाकमा रहेका अन्य नौ जना सैनिकहरु उनको पछाडि उभिइरहेका थिए । आफ्नो सम्बोधनमा बाजुमले कुनै प्रकारको हस्तक्षेप नगर्न सबै अन्तर्राष्ट्रिय साझेदारलाई आग्रह गरेका थिए । सेनाले बुधबार बिहानै राष्ट्रपति मोहमेद बजुमलाई उनको निवासभित्रै आफ्नो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार