नयाँ सरकार गठनको पहल गर्छौं: कार्की

विहीबार, ११ साउन २०८०
विराटनगर । कोशी प्रदेश एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ सरकार गठनका लागि पहल गर्ने बताएका छन् । प्रदेश प्रमुख, सभामुख र अन्य केही दलहरुले गरेको असंवैधानिक कामलाई सर्वोच्च अदालतले गलत ठहर गरेको उल्लेख गर्दै उनले अब नयाँ सरकार निर्माणमा आफूहरु पनि लाग्ने बताएका हुन् । कार्कीले दिएको रिटमाथि सर्वोच्चको पूर्ण इजलासले बिहीबार आदेश गर्दै कोशीमा २० दिनअघि भएको सरकार निर्माणको प्रक्रिया अवैधानिक भनेको थियो । सर्वोच्चले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउने प्रक्रिया सात दिनभित्र पूरा गर्न पनि भनेको छ । त्यो अवधिभित्र एमालेले पनि बहुमत जुट्ने अवस्था बने सरकारमा दाबी गर्ने कार्कीले बताए । उपधारा २ अन्तर्गत कुनै पनि दलले बहुमत प्राप्त गर्ने अवस्था नबने त्यस्तो अवस्थामा प्रदेश सभामा रहेको ठूलो दलले सरकार निर्माण गर्न सक्ने गरी अदालते संविधानको धारा नै उद्धृत गरेर बिहीबार आदेश गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार