पाकिस्तानमा र्‍यालीका क्रममा विष्फोट हुँदा ४४ जनाको मृत्यु

सोमबार, १५ साउन २०८०
काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा एक र्‍यालीका क्रममा विष्फोट हुँदा ४४ जनाको मृत्यु भएको छ । आइतबार जमित उमेला ए एस्लाम फज्ल पार्टीले आयोजना गरेको र्‍यालीमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । उक्त विष्फोटमा एक सय जनाभन्दा बढी घाइते भएका छन् । आइतबार विष्फोटमा परी ३५ जनाको मृत्यु भएको थियो भने मृतकको संख्या बढेर ४४ पुगेको प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विष्फोटमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जानकारी दिएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । उक्त विष्फोटको पछाडि कसको हात रहेको थियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले घटनास्थललाई घेरा हाली अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार