मोरङ क्षेत्र नम्वर-३ का सांसद डा. शुनिल शर्माले तलव भत्ता नलिने घोषणा गरेका छन् ।
आज भएको शपथग्रहण पश्चात डा. शर्माले सांसद भएबापत राज्यबाट प्राप्त हुने कुनै पनि तलब भत्ता नलिने घोषणा गरेका हुन् ।
डा. शर्माले आफु राजनीतिमा कमाउन नभइ सेवाका लागि आएको बताएका हुन् । " म सांसदबाट प्राप्त हुने तलबभत्ता लिन्न । मेरो निर्वाचन क्षेत्रका विपन्न जनता तथा परोपकारी संस्थाहरुलाई प्रदान गर्छु ̓डा. शर्माले भने ।
प्रतिनिधिसभाका धेरै सांसदले ईश्वरको साटो जनताको नाममा सपथ लिए । तर नेपाली कांग्रेसका सांसद सुनिल शर्माले भने गीता छोएर ईश्वरको नाममा सपथ लिएका छन् ।
सांसद डा. शर्माको हातमा निर्वाचित भएको प्रमाणपत्रसँगै भागवत गीता समेत थियो । शर्मा कांग्रेसबाट निर्वाचितमध्ये सबैभन्दा बढी करिव ४९ हजार मत पाएर जितेका सांसद हुन् ।
पछिल्लो समय नेपाली राजनीतिमा झुट र भ्रष्टाचार मौलाएको बताउँदै डा. शर्माले सत्य र भ्रष्टाचार रहित राजनीतिलाई प्रश्रय दिन भागवत गीता बोकेर संसद भवन प्रवेश गरेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया