ललितपुर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले आफूले सांसदको हैसियतमा पाउने तलबभत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी छन् ।
सामाजिक संजाल फेसबुकमा आफ्नो तस्विर सहित एक स्टाटस लेख्दै प्रतिनिधि सभा सदस्य डा कार्कीले राज्यबाट दिइने तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी हुन् ।
तलबभत्ताको सुरुवात‘ निशुल्क महिनावारी सामाग्री अभियान’मा खर्च गरिने कार्कीले उल्लेख गरेकी छन् । ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विद्यालयहरुमा महिला छात्राहरुका निम्ती निशुल्क सेनेटरी प्याड वितरणको लागि नपुगेका ठाउँमा आफ्नो कोषबाट समेत खर्च उपलव्ध गराउने कार्कीले जानकारी दिएकी छन् ।
प्रतिक्रिया