मोरङ ५ मा एमालेका बागी योगेन्द्र मण्डलको अग्रता

सोमबार, ०५ मंसिर २०७९
मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता लिएका छन् । १७०० मत गणना हुदा स्वतन्त्र उम्मेदवार मण्डलले १३०० मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले ३०० र जसपा उम्मेदवार राजकुमार यादवले १०० मत पाएका छन् । क्षेत्र नम्बर ५ को धनपालथान गाउपालिका ४ मा मतगणना जारी छ । मण्डल सोही वडाका बासिन्दा हुन् । यो क्षेत्रमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच तालमेल भएको छ र एमालेले जसपाका राजकुमार यादवलाई उम्मेदवारी छाडेको थियो । त्यसपछि एमालेका नेता योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका थिए । मण्डल जीवन विकास लघुबित्त वितिय संस्थाका संस्थापक अध्यक्ष हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार