नेशनल लाइफका चेयर पर्सन सदस्यहरुलाई सम्मान

सोमबार, ११ पुस २०७९
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पुस ५ गते देखी ७ गतेसम्म काठमाडौं स्थित होटल सोल्टीमा सम्पन्न भएको सो तालिम तथा सम्मान कार्यक्रममा आर्थिक वर्ष २०७८, ७९ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ६ सय जना भन्दा बढि अभिकर्ताहरु सम्मानित भएका छन् । कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई पहिलो दिन जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले भारतका चर्चित मोटिभेटर प्रशिक्षक सइद अफ्जल अहमदले प्रशिक्षण दिएका थिए । दोश्रो दिन कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा बीमा विज्ञ तथा कम्पनीका सल्लाहकार भरत वस्नेतले बीमा प्राधिकरणले ल्याएको नयाँ नीति र व्यवस्था संगै नयाँ बीमा ऐन २०७९ ले अभिकर्ताहरुबारे गरेको व्यवस्था सम्वन्धमा विस्तृत जानकारी गराइएका थिए । कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चेयरपर्सन क्लबमा छनौट हुनु भएको सबै अभिकर्ताहरुलाई सदस्यता वितरण र विभिन्न विधामा सवोत्कृष्ठ घाषित भएका अभिकर्ताहरुलाई सम्मान गरेकी हुन् । समारोहमा अध्यक्ष सिंहले उच्च नैतिक व्यवसायिक नेतृत्वको आधारमा कम्पनीले आगामी लक्ष्य तय गर्ने बताउँदै कम्पनीलाई अग्रस्थानमा पु९याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता प्रकट गरिन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत भाषणका क्रममा कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनसदर आकर्षक रहेको जानकारी गराउँदै अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने प्रतिवद्धत्ता जनाए । उक्त समारोहमा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग प्रथम, द्धित्तिय, तृत्तिय हुने लिडर अभिकर्ताहरु र नेपालभरबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग उत्कृष्ट ७ जना अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । नेपालभरबाट आफ्नो कोड र संजालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्धित्तिय र तृत्तिय हुने अभिकर्ताहरु र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जना लाई विशेष सम्मानको आयोजना गरी सम्मान पत्र लगाएत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो । सम्मानित बिजनेश लिडरहरुले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार