निर्मालाको हात्यारा पत्ता लगाउन कुनै कसुर बाकी राख्दिन-गृहमन्त्री लामिछाने

सोमबार, ११ पुस २०७९
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकतामाथि गृह मन्त्रालयले गरिरहेको छानबिनमा हस्तक्षेप नगर्ने बताएका छन् । सोमबार पदभार ग्रहणपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूले गृह मन्त्रालयले गर्ने काममा हस्तक्षेप नगर्ने बताएका हुन् । गृहमन्त्रीको सपथ पछि पदभार ग्रहण गर्दै गृहमन्त्री लामिछानेले निर्मालाको हात्यारा पत्ता लगाउन कुनै कसुर बाकी नराख्ने उल्लेख गरे । उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेपछि गरेको यो नै पहिलो निर्णय हो । ‘म, ऊ, यो होइन सबैलाई बराबर ढंगले हेरेर, कुनै विभेद नगरी न्याय सम्पादन गर्ने, कार्य सम्पादन गर्ने अधिकार आजैबाट छ, जहिले पनि छ । चाहे म हुँ, चाहे क्याविनेटका अरु मन्त्रीहरु हुन् कसैलाई विभेद नगरी स्वतन्त्र ढंगले हरेक कुराको छानबिन गर्ने अधिकारमा मेरो सहयोग बाहेक अरु केही हुँदैन’ उनले भने । उपप्रधानमन्त्री लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपालको नागरिकता स्वतः खारेज भएको, उनले अमेरिकाको नागरिकता त्याग गरेपछि नेपाली नागरिकता लिने प्रक्रिया अघि नबढाएको भन्दै उनीविरुद्ध प्रहरीले छानबिन गरिरहेको छ । त्यस्तै उनी नेपाली नागरिक नभएकाले सांसद पद खारेज गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । भिडियो हेर्नुहोस् : https://www.youtube.com/watch?v=QG5YqbFMe3A

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार