जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीयतह र प्रदेशहरुलाई अधिकार दिन कन्जुस्याई गर्न नहुने बताएका छन् ।
सोमबार जनकपुरधाममा आयोजित नागरिक अभिनन्दन समारोहमा बोल्दै उनले देशका मुख्य शासकले कन्जुस्याँइ नगरी अधिकार दिए देश बदलिन सक्ने बताए ।
उनले भने, ‘संघीयताको मर्मअनुसार स्थानीय तह र प्रदेशहरुलाई अधिकार दिन कन्जुस्याइँ भएको छ । अब त्यो हुनु हुँदैन । अब दिल खोलेर जनतालाई अधिकार निश्चित गर्नुपर्छ । अधिकार दिनकन्जुस्याँई गर्नु हुँदैन । खासगरी देशका तीनजना मुख्य शासकहरु प्रचण्ड, ओली र शेरबहादुर देउवाज्यूलाई बोलाएर भन्छु अधिकार दिन कन्जुस्याईं नगर्नुस् तपाईहरुले चाहनु भयो भने देश बदलिन सक्छ ।’
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयतालाई बलियो बनाउनका लागि प्रदेश सरकारलाई बलियो बनाउन आवश्यक भएको बताए ।
प्रतिक्रिया