राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्कीले पुष्पगुच्छा अर्पण

आइतबार, २७ पुस २०८२
फाइल फोटो

काठमाडौँ : पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेका छन्। 

 

राष्ट्रपति पौडेलले सिंहदरबारको पश्चिमद्वार तर्फ रहेको पृथ्वीनारायण शाहको सालिक रहेको चोकमा आयोजित विशेष समारोहमा राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गरेका हुन् । यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गरेका छन्। 

 

सोही समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गरिन । यसैगरी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सम्मानसहित पुष्पगुच्छा अपर्ण गरेका छन् । 

 

समारोहमा मन्त्रीगण, राष्ट्रियसभाका सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि, निजामती एवं जङ्गी सेवाका विशिष्ट श्रेणीका अधिकृतसहित आमसर्वसाधारणको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अपर्ण गरेको थियो ।

 

सम्मान अर्पण कार्यक्रम अघि राष्ट्रिय पोसाकसहित राष्ट्रिय झण्डा र राष्ट्रनिर्माता शाहको तस्बिर अङ्कित ‘प्ले कार्ड’ बोकी भद्रकाली मन्दिरसहित सहरका विभिन्न स्थानबाट बाजागाजाका साथ निस्केको जुलुस निकालिएको थियो । 

आमसर्वसाधारणका तर्फबाट राष्ट्र निर्माताप्रति सम्मानसहित पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम अहिले पनि जारी छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार