रास्वपाद्वारा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो

आइतबार, २७ पुस २०८२
फाइल फोटो

काठमाडौं : आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको अद्यावधिक नामावली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्वाचन आयोगमा बुझाएको छ ।

उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले अद्यावधिक नामावलीको सूची आयोगमा बुझाइएको हो ।

आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची आज बिहान निर्वाचन आयोगमा बुझाइएको प्रवक्ता मनिष झाले बताए । पार्टीका अनुसार निर्वाचन आयोगको कार्यतालिकाअनुसार समानुपातिक उम्मेदवारहरूको सूची परिमार्जन गरी समयमै बुझाइएको हो । उक्त सूचीमा समावेश उम्मेदवारहरू विभिन्न पृष्ठभूमि, क्षेत्र र समुदायको प्रतिनिधित्व हुनेगरी चयन गरिएको जनाएको छ ।

निर्वाचन आयोगले बुझाइएका सूचीहरूको अध्ययन गरी कानुनी प्रक्रिया पूरा भएपछि अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ । आसन्न निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू उम्मेदवार छनोट र दर्ता प्रक्रियालाई तीव्र बनाइरहेका छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार