इलाममा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइयो

आइतबार, २७ पुस २०८२

इलाम । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा इलाममा प्रभातफेरी निकालिएको छ।

इलाम चोक बजारबाट सुरु भएको प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो।

प्रभातफेरी इलामस्थित नेपाली सेनाको रणशार्दुल गणमा पुगेर सभामा परिणत भएको थियो।

रणशार्दुल गणद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले पृथ्वीनारायण शाहको राष्ट्र निर्माणमा रहेको योगदानको चर्चा गरेका थिए।

कार्यक्रममा शाहको सालिकमा माल्यारपण गरिएको थियो भने एकता, राष्ट्रियता र सार्वभौमिकताको सन्देश प्रवाह गरिएको आयोजकले जनाएका छन्।

WhatsApp Image 2026-01-11 at 12.07.59 PMWhatsApp Image 2026-01-11 at 12.07.58 PMWhatsApp Image 2026-01-11 at 12.07.57 PM

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार