बागमती एमाले संसदीय दलको नेतामा जेएन थपलिया

विहीबार, १४ पुस २०७९
नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया  चयन भएका छन् । थपलिया सर्वसम्मतरुपमा दलको नेतामा चयन भएका हुन् । नेकपा एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । उनी चितवन १ को प्रदेश सभा १ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित १३ जना र समानुपातिकतर्फ १४ जना गरि २७ जना सांसद छन् । बागमती प्रदेश सरकारको नेतृत्वका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवैले दाबी गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार