एमालेले खोल्यो खाता, ललितपुर २ मा प्रेम महर्जन निर्वाचित

सोमबार, ०५ मंसिर २०७९
ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ । एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भएका छन् । निवर्तमान सांसद समेत रहेका उनले ९ हजार ५३९ मत पाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार