श्रीलंका टप्पुका बिद्यार्थीहरुलाई पोसाक वितरण

शुक्रबार, १५ पुस २०७९
वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ स्थित श्रीलंका टप्पुमा रहेका बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई पोसाक बितरण गरिएको छ । ग्रामिण स्वावलम्बन बिकास केन्द्र बालुवाटार काठमाडौले वराहक्षेत्र नगरपालिकासंगको समन्वयमा बिद्यार्थीहरुलाई पोषाक बितरण गरिएको हो । उक्त पोषाक बिहिवार वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बिद्यालयका प्रध्यनाध्यापकहरुलाई हस्तान्तरण गरेका थिए । ग्रामिण स्वावलम्बन बिकास केन्द्र कार्यकारी प्रमुख शिबप्रसाद बस्यालका अनुसार टप्पुमा रहेको ३ वटा बिद्यालयका ४ सय ५० जना बिद्यार्थीहरुलाई पोसाक बितरण गरिएको छ । टप्पुमा रहेको स्थानीय वालसेवा आधारभुत बिद्यालयका ७३ जना छात्र र छात्र ५८ जना छात्रा , जनता आधारभुत बिद्यालयका १ सय ४३ जना छात्र र १ सय ७ जना छात्रा त्यस्तै कोशीका आदारभुत बिद्यालयका ५२ जना छात्र र ४८ जना छात्रा गरेर ४ सय ५० जना बिद्यार्थीहरुलाई पोसाक बितरण गरिएको हो । आर्थिक , शैक्षिक तथा बिकासको हिसाबले पक्षि परेको टप्पुमा रहेका बिद्यार्थीहरुलाई पोसाकले बिद्यार्थीहरुलाई बिद्यालय जान उत्पेरणा मिल्ने नगर प्रमुख कार्कीले बताए । बिपदको क्षेत्रमा काम गर्दै आएको ग्रामिण स्वावलम्बन बिकास केन्द्र बिपदको पुर्ब तयारी र बिपदबाट प्रभावित भएका मानिसको आय आर्जन र क्षमता बिकासमा काम गर्दै आएको केन्द्रका दिपेन्द्र गौतमले बताए । केन्द्रले मालटेस्टर इन्टरनेसनल र एस्सन डिस्लायण्ड हिप्टसंगको सहयोगमानै बेलकाका ७बटा बिद्यालयका बिद्यार्थीहरुलाइ समेत पोसाक बितरण गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार